राष्ट्र बैंकले छाप्यो पैसामा 'चुच्चे नक्सा' - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

राष्ट्र बैंकले छाप्यो पैसामा ‘चुच्चे नक्सा’



काठमाडौं- नेपाल राष्ट्र बैंकले आजबाट फेरि २ रुपैयाँको सिक्का प्रचलनमा ल्याएको छ। यो सिक्कामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा अंकित छ।

सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएको २ रुपैयाँ दरका सिक्का बजारमा ल्याइएको हो। राष्ट्र बैंकका अनुसार यि सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वटा थोप्ला छन् ।

सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ। आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गधाको आकृति छ।

सिक्काको बिच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ।

यस्तै, सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा छ। त्यस्तै, नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ। सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तलम्लो भागमा २०७७ लेखिएको छ।