प्रचण्डको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ हुँदै, के औला फैसला ? - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्डको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ हुँदै, के औला फैसला ?



काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) तिर लागेका जनप्रतिनिधिहरूलाई पदमुक्त गराउन अध्यक्ष ‘प्रचण्ड’ दिएको रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो।

यसअघि निर्वाचन आयोगबाट पदमुक्त स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। त्यही आदेश खारेजी मागसहित प्रचण्डले रिट हालेका थिए।

अध्यक्ष प्रचण्डले गत असारमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्चले अन्तरिम आदेशबाट कामकाज गर्न नरोक्नू भनेपछि त्यसलाई खारेजी माग गर्दै रिट दायर गरेका थिए।

प्रदेश २ बाट मात्रै ७ जना मेयर, १० जना उपमेयर र ८० जनाभन्दा बढी वडाअध्यक्षसहितका स्थानीय जनप्रतिनिधि नेकपा भंग भएसँगै एमालेमा लागेका थिए।

प्रचण्डको त्यही रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।

सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा तोकिएको छ।

प्रचण्डले रिटमा सर्वोच्चको अन्तरिम आदेश खारेज गरी एमालेतिर लागेका जनप्रतिनिधिहरुको पद रिक्त गर्न भनिएको छ।