प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडाबीच टकराव - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडाबीच टकराव



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच टकराव देखिएको छ । डा. गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गर्ने स्वास्थ्य मन्त्री खतिवडाको निर्णयपछि प्रधानमन्त्री देउवा उनीसँग फायर बनेका छन् ।

स्वास्थ्यमन्त्री खतिवडाको उक्त निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।

स्वास्थ्य मन्त्री खतिवडाले कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुखमा डा. लोहनीको सरुवा गरेका थिए। मन्त्री स्तरीय निर्णयबाट डा. भुपेन्द्र बस्नेतको ठाउँमा डा. लोहनीलाई पठाइएको थियो।

मन्त्रालय स्रोतका अनुसार आफूसँग सल्लाह नै नगरी सरुवाको निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका छन्। “अब तत्काल युनिफाइड अस्पतातमा डा. बस्नेत नै प्रमुख रहनेछन्,” स्रोतले भन्यो।

डा. लोहनीलाई वीरमा पठाएपछि त्यहाँका केही कर्मचारीले विरोध गरेका थिए। उनीहरूले बुधबार डा. लोहनीलाई हाजिर गर्न नदिने भन्दै नाराबाजी गरेका थिए। त्यसपछि उनी हाजिर नगरी फर्किका थिए।