ललिता निवास जग्गा प्रकरणमा भीम रावलले देखेको अपराध - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

ललिता निवास जग्गा प्रकरणमा भीम रावलले देखेको अपराध



काठमाडौँ- काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानप्रति नेकपा एमालेका नेता भीम रावलले आशंका व्यक्त गरेका छन्।

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको मुद्दा प्रहरीलाई नै फिर्ता गर्नु मुद्दा फासफुस पार्ने चाल हुन सक्ने शंका उनले व्यक्त गरेका हुन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत एमाले नेता रावलले ललिता निवासको जग्गा प्रकरणबारे सरकार र सरकारी वकिलले खुलस्त पार्नुपर्ने माग गरेका हुन्।

‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन’, रावलले भनेका छन्, ‘अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ। अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।’