प्युठानमा सुर्य थापाको बेहाल, रातदिन खट्दापनि कसैले पत्याएनन्
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र सुर्य थापालाई गृहजिल्ला प्युठानमा अथुलो धक्का लागेको छ । प्युठानको एमाले अध्यक्षमा विजयविराज विष्ट विजयी भएपछि थापाको सपना चकनाचुर बनेको छ ।
रोचक त के छ भने निर्वाचित भएका विजयविराज विष्ट नेता वामदेव गौतम पूर्वस्वकीय सचिव हुन् । निर्वाचनबाट नेता वामदेव निकटका विष्टले जितेपछि सुर्य तनावमा परेका छन् ।
सुर्य थापा र वामदेवबीच अत्यन्त कटुतापूर्ण सम्बन्ध छ । सुर्यले गत निर्वाचनमा वामदेव हराउने क्याम्पेन नै चलाएका थिए । यो विषयले एमालेमा गम्भीर बहस सुरू भएको थियो ।
सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी सुर्य निकट नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् ।
विष्ट गौतमको स्वकीय सचिवालयमा कार्यरत थिए । उनले जितेपछि प्युठान एमालेमा खुसीयाली चाएको छ । एमालेका धरैजसो कार्यकर्ता सुर्यबाट रुष्ट छन् ।
विष्टलाई हराउन भनी सुर्य ठापा अधिवेशनभर प्युठानमै खटेका थिए । उनी २०७४ सालको निर्वाचनमा समेत भोट हाल्न नगएका सुर्य अहिले भने त्यहाँ पुगेर आफ्नो उम्मेद्वार जिताउन खटेका थिए ।
सुर्य थापा लगायतले विष्टलाई अध्यक्ष बन्न नदिन नेहरसिंह केसीलाई अध्यक्षमा उठाएका थिए । तर, सुर्यका उम्मेदवार केसी विष्टभन्दा दोब्बर मतले पराजित भएका छन् ।
प्युठान वामदेव र सूर्य थापाको गृहजिल्ला हो । एमालेमा नरहे पनि अझैसम्म वामदेवको प्युठानमा पकड नै रहेको यसले देखाउँछ ।