दैलेख एमालेमा बबण्डर: खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचन रद्द
काठमाडौँ- नेकपा एमाले दैलेखको अधिवेशनमा भाँडभैलो भएको छ । सोमबार भएको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि तनावको स्वस्था बनेको छ ।
खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको छ ।
एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा ७४८ मत भेटिएको छ ।
दैलेख एमालेका नेताहरू अहिले छलफल गरिरहेका छन् । छलफलपछि मात्रै अर्को निष्कर्ष निकालिने बताइएको छ ।