पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना



धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ।

कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडी दुर्घटनामा परेको हो।

गाडी क्षतिग्रस्त भए पनि आले सुरक्षित छन्। उनी सवार सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले पुष्टि गरेको छ।

धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्को गाडीलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आले सवार गाडीलाई पनि ठक्कर दिएको हाे।

उक्त गाडी दुर्घटनामा परेपछि अर्को प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन्। दुर्घटनाग्रस्त गाडीमा सवार पनि सबै सकुशल जनाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।