नेम्वाङको बोली फेरियो: भने- प्रधानमन्त्रीसँग छलफलपछि संसद खोल्न तयार छौँ
काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न र संसद खुलाउनेबारे छलफल गर्न एमाले तयार रहेको बताएका छन् ।
इलाममा पत्रकारहरूसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् । हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए ।
संसद् अवरोध गर्नु रहर नभइ बाध्यता भएको बताउँदै नेम्वाङले सरकारका लागि संसद् अवरोध हुनु दुर्भाग्य भएको बताए ।
एमालेको १०औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसीसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले नै गरेको बताए ।