बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीमै फिर्ता पठाइयो - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीमै फिर्ता पठाइयो



काठमाडौं- बालुवाटारको ललितानिवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मै फिर्ता पठाएको छ।

सरकारी जग्गा हिनामिनासम्बन्धी थप अनुसन्धान आवश्यक देखिएकाे भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले आज प्रतिवेदन सीआईबीलाई फिर्ता पठाएको हो।

अनुसन्धान प्रतिवेदनबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले अनुसन्धान पूर्ण नभएकोले फिर्ता पठाएको बताए।

सीआईबीले सरकारी कागजात किर्ते गरेको भन्दै ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उनकी पत्नी माधवीसहित तीन सय जनाभन्दा धेरैलाई मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको थियो।

मुलुकी अपराधसंहिता २०७४ अनुसार ललितानिवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दा दायर गर्ने हदम्याद आज नै सकिएको छ। तर, दुई वर्षे म्यादले मुद्दा नरोकिने पौडेलले बताए।