अर्घाखाँची ढाकावाङकी युवती भारतमा बेपत्ता ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अर्घाखाँची ढाकावाङकी युवती भारतमा बेपत्ता !



नयाँ दिल्ली /हिमाल पोस्ट

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको ढाकावाङ घर भई हाल भारतको गुडगाव स्थित नाथपुरमा बस्दै आएकी विवाहित युवती वेपत्ता भएकी छन् ।

ढाकावाङका प्रेम खत्रीका छोरा ठाकुर खत्रीकी २० वर्षिया श्रीमती अजिता खत्रि गुडगाव नाथपुरस्थित घर नंबर ४२८ दोस्रो फ्लाटबाट श्रीमान ड्यूटी गएको समयमा वेपत्ता भएकी हुन् । उनी गत मे ६ तारिकबाट हराएकी हुन् ।अजिताले कोठामा ‘आजबाट म तिमीबाट टाढा जादैछु, मलाई नखोज्नु, मैले तिम्रो नामको सिन्दुर १ महिना पहिलाबाट नै पुछिसकेको छु’ भनि लेखेर छोडेको नोट समेत परेको छ ।

छिमेकीले बताए अनुसार अजिता बिहार राज्य तिरको कुनै अज्ञात व्यक्तिसँग गएको शंका गरिएको छ । उनी हराए लगतै खोजी दिन भनी प्रहरीलाई उजुरी गरिएको छ ।

साथै कतै फेला परेमा नजिकको पुलिस चौकी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा एवं गुडगाव ठाकुर खत्रीको 9717122976 तथा धर्मराज केसी 9650579312 मा जानकारी गराई दिन उनका श्रीमानले सबैलाई अनुरोध गरेका छन् ।