अब राष्ट्रिय परिचयपत्र लिन लाइन लग्नु नपर्ने, आजदेखि सबै पालिकाबाट सेवा
काठमाडौँ। काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ। भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट सेवा लिन सकिने भएको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
१ मंसिर देखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भीड लाग्दै आएको छ ।
७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात् ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।