आजको मौसम: चट्याङसहित वर्षा हुने, केही स्थानमा घाम नलाग्ने - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

आजको मौसम: चट्याङसहित वर्षा हुने, केही स्थानमा घाम नलाग्ने



काठमाडौं। आइतबार पनि सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।

उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महामहाशाखाले जनाएको छ।

यसअघि शनिवार पनि धेरै स्थानमा घाम लागेको थिएन। महाशाखाको पछिल्लो विवरणमा आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।