ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न बालकोट गएका छन्।

शनिबार बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो। त्यसैअनुरूप देउवा ओली निवास बालकोट गएका हुन्।

एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको सूचना प्रतिनिधिसभामा नटाँसेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। आजको भेटमा मुख्यतः यसै विषयमा ओली-देउवा छलफल हुने जनाइएको छ।