पूजा सिंह एसएसपीबाट डीआईजीमा बढुवा, बनिन् एकमात्र महिला डीआईजी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

पूजा सिंह एसएसपीबाट डीआईजीमा बढुवा, बनिन् एकमात्र महिला डीआईजी



काठमाडौं- प्रहरी वरिष्ठ उपरिक्षक पूजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएकी छन्।

गृहमन्त्रालय, बढुवा समितिको सचिवालयले शुक्रबार सिंहलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सूचना प्रकाशित गरी बढुवा सिफारिस गरिएको जानकारी दिएका छन्।

सिंह एआईजी पोखरेलकै ब्याची हुन् भने जनपदतर्फ एकमात्र महिला डीआईजी हुन्।