कोरोना र वर्षमानका कारण माओवादी बैठक स्थगित, पदाधिकारी चयन समेत अनिश्चित - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

कोरोना र वर्षमानका कारण माओवादी बैठक स्थगित, पदाधिकारी चयन समेत अनिश्चित



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । पुष २५ गते तय गरिएको बैठक स्थगित गरिएको छ । माओवादी नेतासहित कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको छ ।

बैठक स्थगित भएसंगै बैठक माघ ८ गतेसम्मलाई सारेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । यता आज भोलिमा नेपाल आउने भनिएका माओवादीका नेता वर्षमान पुन पनि तत्काल नेपाल नआउने भएपछि बैठक झनै अनिश्चित बनेको छ ।

२५ गतेको बैठकमा पदाधिकारी चयन गर्ने बताइएको थियो । बैठक सरेसँगै अब पदाधिकारी चयन प्रक्रिया पनि अन्योलमा परेको छ । नेता पुनलाई कुर्ने भन्दै सारिएको बैठक अनिश्चित बनेपछि कतिपय केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय कार्यालयका धेरै कर्मचारीलाई कोरोना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निवासमा हुने प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । माओवादी केन्द्रीय कार्यालयका कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित ६ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालयसमेत बन्द गरिएको छ ।