एकाएक शितल निवास किन पुगे प्रधानमन्त्री देउवा ?

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन् ।
देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका उनको सचिवालयले जनाएको छ । ‘नियमित भेटघाट हो, समसामयिक परिस्थितिका विषयमै छलफल हुन्छ,’ सचिवालयले भनेको छ ।

