तोकियो राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्चको सीमा, कुन शिर्षकमा कति खर्च ? - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

तोकियो राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्चको सीमा, कुन शिर्षकमा कति खर्च ?



काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो।

मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिइसकेका छन्। आयोगले उनीहरूका लागि खर्चको सीमा निर्धारण गरेको हो।
राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधनघोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार तोकेको छ।

यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार, गोष्ठीअन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।