देउवाले पेल्न थालेपछि रणनीति बनाउँदै शेखर, बोलाए नेताहरूको भेला
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेल्न थालेपछि नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेतालाई शेखरले छलफलका लागि बोलाएका हुन् । नेताहरूसँग शेखरले आजै छलफल गर्न लागेको एक नेताले बताए ।
सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि शेखर असन्तुष्ट देखिएका छन् । देउवाले १४ औँ महाधिवेशनमा पराजित आफू पक्षीय नेतालाई धमाधम मनोनीत गरेको तर, कोइराला पक्षका कोही नेतालाई पनि मनोनीत गरेका छैनन् ।
देउवाले पेलेर जाने नीति लिएपछि छलफल गर्न आफू निकट नेताहरूलाई बोलाएको बुझिएको छ ।