कोभिडको 'बुस्टर डोज' सबैले नपाउने, यी व्यक्तिले मात्रै लगाउन पाउने - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कोभिडको ‘बुस्टर डोज’ सबैले नपाउने, यी व्यक्तिले मात्रै लगाउन पाउने



काठमाडौँ – सरकारले ६ प्रकारका बिरामीलाई मात्र कोभिड–१९ विरुद्धको अतिरिक्त मात्रा (खोपको बुस्टर डोज) दिने निर्णय गरेको छ ।

मध्यम तथा गम्भीर प्रकारका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई, सक्रिय क्यान्सर रोगीलाई, अंग प्रत्यारोपण गरेका व्यक्तिलाई, एचआइभी भएका बिरामीलाई, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बिरामीलाई अतिरिक्त मात्रा दिइने बताएको छ ।

त्यस्तै भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिलाई अतिरिक्त खोपको मात्रा दिइने छ ।