यी हुन् राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूची सहित) - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यी हुन् राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूची सहित)



सत्तारुढ पाँच दलले भागबण्डा गरे पनि नेकपा (एमाले)ले भने राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सीटमा उम्मेदवारी दिने भएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले १९ उम्मेदवारको टुङ्गो लगाएको छ। १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ।

यसअघि कांग्रेसले पनि ६ सीटमा उम्मेदवार टुंगो लगाएको थियो। सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले राजेश  विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा जनमोर्चाको भागमा एक सीट परेको थियो।

प्रदेश १

खुलाः देवराज घिमिरे (झापा)

महिलाः सुमित्रा भण्डारी (झापा)

अल्पसङ्ख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश २

खुलाः असर्फी भिनवार यादव (धनुषा)

महिलाः बिना साह (रौतहट)
बागमती

खुलाः गोपाल शाक्य (ललितपुर)

महिलाः निरकुमारी कुँवर दर्लामी (सिन्धुली)

गण्डकी

खुलाः पुण्यप्रसाद पौडेल (कास्की)

महिलाः लीला पोखरेल थनेट (नवलपुर)

दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी

खुलाः रामदयाल गुप्ता (दाङ)

महिलाः भारती खनाल (बाँके)

दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली

खुलाः चूडामणि शर्मा (सुर्खेत)

महिलाः गंगा थापा महत (जुम्ला)

अल्पसङ्ख्यकः पदमबहादुर माझी (दैलेख)

सुदूरपश्चिम

खुलाः डिल्लीराज भट्ट (डोटी)

महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)

दलितः नरेश विक (बैतडी)