अरूले हतियार र तालिम दिएपछि जनयुद्ध जसले पनि लड्छ: केपी ओली - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

अरूले हतियार र तालिम दिएपछि जनयुद्ध जसले पनि लड्छ: केपी ओली



काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरुले हतियार र तालिम दिएपछि जनयुद्ध जसले पनि लड्नसक्ने बताएका छन् । माओवादी जनयुद्धप्रति सकारात्मक नभएका ओलीले यस्तो आरोप लगाएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले हतियार र तालिम अर्कैले दिएपछि सबैले जनयुद्ध लड्नसक्ने बताए ।

उनले पार्टी फुटाउने, आफ्नै पार्टीको कम्युनिष्ट सरकार ढाल्ने र पार्टीलाई कमजोर बनाउनेहरुले नै समाजवादको नेपाली बाटो भनेर कुदेको भन्दै एकीकृत समाजवादीका माधव नेपालको आलोचना गरे।

ओलीले सत्तारुढ पाँच दलीय गठनबन्धनप्रति पनि व्यंग गरे। ‘न्यूनतम साझा कार्यक्रम भनिए पनि कतै जाने ठाउँ छैन, ५ वटा दल भएपछि कसैले घाम माग्ला, कसैले छाया माग्ला, बादल पनि माग्ला र कुहिरो पनि माग्ला,’ उनले भने।

उनले एउटा कुरा भन्ने तर अर्को काम गर्ने प्रवृत्ति रहेको भन्दै जनतालाई भ्रम पार्ने गरिएको बताए।