प्रचण्डको जिल्लामा भन्दा वर्षमानको जिल्लामा धेरै केन्द्रीय सदस्य
काठमाडौं- नेकपा माओवादी केन्द्रमा रोल्पाबाट ११ जना केन्द्रीय सदस्य चयन भएका छन्। आइतबार सकिएको नेकपामा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरु चयन गरेका थिए।
२ सय ९९ मध्ये २३६ जनाको घोषणा प्रचण्डले गरेका थिए बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ। केन्द्रीय सदस्य चयनपछि केहि विवादित समेत बनेको छ । यसक्रममा नेता वर्षमान पुनको गृहजिल्ला रोल्पाबाट ११ जना केन्द्रीय सदस्य चुनिएका छन् । अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवन भन्दा वर्षमानको जिल्लाबाट धेरै केन्द्रीय सदस्य बनेका छन् ।
चितवनबाट भने प्रचण्डसहित ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।
प्रचण्डसहित नारायण दाहाल, सुर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे रहेका छन् ।
रोल्पाबाट भने वर्षमान पुन, कुलप्रसाद के. सी., जोखबहादुर महरा, झक्कुप्रसाद सुवेदी, जयपुरी घर्तिमगर, ओनसरी घर्तीमगर, सुकबहादुर रोकामगर, दिपेन्द्र पुनमगर, तारा घर्तीमगर, मानबहादुर बुढामगर, लालकुमारी पुनमगर