अरूको विरोध गर्ने झाँक्रीले आफै ‘पिर्के सलामी’ खाएपछि…
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘पिर्के सलामी’ खाएको तस्विरले सामाजिक सञ्जाल तताएको छ । यसअघि पिर्के सलामीको चर्को विरोध गर्ने झाँक्रीले आफैले उक्त सलामी खाएको फोटो सार्वजनिक भएपछि उनी अओल्चानाको केन्द्रमा परेकी छन् ।
उक्त पिर्के सलामीको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । यसअर्थमा पनि उनको आलोचना चर्किएको छ कि यसअघी झाँक्रीले केहि नेताहरूले पिर्के सलामी खाएको बिषयमा चर्को आलोचना गर्ने गरेकी थिइन् । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा पिर्के सलामी लिएको खुलेको छ ।
झाँक्री आफैले पहल गरेर स्थापना गरेको प्रहरी कार्यालयमा उनले सलामी खाएकी हुन् । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको खिल्ली उडाईएको छ । आफ्नै पार्टीका कतिपय नेताहरूले समेत उनको आलोचना गरेका छन् ।