सोमबार बोलाइयो माओवादी केन्द्रीय समितिको पहिलो बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सोमबार दिउँसो बस्ने भएको छ।
बैठक ललितपुरको हेरिटेज प्लाजा, सानेपा हाइटमा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। अपरान्ह ३ बजे बस्ने सो बैठकले पदाधिकारी चयन गर्नेछ।
माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ। २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्य र पदाधिकारी छनौट गर्न बाँकी छ।