अन्तत: खेलाडीसँग झुक्यो क्यान: कारबाही फिर्ता, सन्दीपको पद गुम्न सक्ने - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

अन्तत: खेलाडीसँग झुक्यो क्यान: कारबाही फिर्ता, सन्दीपको पद गुम्न सक्ने



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएको छ ।

आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ ।

क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो ।

केही दिनअगाडी कारबाहीमा परेका खेलाडीहरुले क्यानलाई इमेल गरेका थिए । उनीहरुले आफूहरुलाई गरेको कारबाही फिर्ता भयो या भएन भनेर सोधेका थिए ।

त्यस्तै असन्तुष्ट खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।