केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रले आइतवार २९९ सदस्यीय केन्द्रीय समिति घोषणा गर्ने भएको छ।

प्रज्ञा भवन कमलादी जारी महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउँदै माओवादीले आइतवार केन्द्रीय समिति सदस्यहरुको नाम घोषणा तयारी गरेको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसका लागि अहिले प्रज्ञा भवनस्थित बन्दसत्र हलमा सम्बोधन गरिरहेका छन्।

माओवादी केन्द्रले आफ्ना १५ पदाधिकारीहरूको नाममा भने अझै सहमति जुटाउन सकेको छैन।

केन्द्रीय समिति सदस्यहरुको नाम घोषणाअघि सम्बोधन गर्दै प्रचण्डले सहमतिमै अघि बढ्नुपर्ने कुरा राखिरहेका छन्।

आइतवारै बसेको स्थायी कमिटी बैठकमा निर्णय गराएर प्रचण्डले सहमतिमै केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र हलमा छिरेका छन्।

तर १५ जना पदाधिकारी चयन प्रक्रियामा भने सहमति नभएपछि ढिला हुने भएको छ।

प्रचण्डले सम्बोधन गर्नुअघि पेशल खतिवडा लेखा समिति, टंक राई अनुशासन समिति र विष्णुपुकार श्रेष्ठ निर्वाचन समिति अध्यक्षमा निर्वाचित भएको घोषणा भएको थियो।