माओवादीको प्रदेशतर्फका समानुपातिक केन्द्रीय सदस्य सर्वसम्मत - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

माओवादीको प्रदेशतर्फका समानुपातिक केन्द्रीय सदस्य सर्वसम्मत



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेशबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् ।

केन्द्रीय नेतृत्वकै पहलमा सबै प्रदेशबाट समानुपातिक रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको नामावली सहमतिमै टुंगिएको हो ।

टुंगिएका नाम अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रको हलमा पढेर सुनाउने माओवादी केन्द्रले जनाएको छ ।

प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको नम टुंगिएसँगै माओवादी केन्द्रका अध्यक्षले खुलातर्फका केन्द्रीय सदस्य सर्वसम्मत गर्ने कसरत सुरु गरेका छन् ।

खुलातर्फ सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाटै टुंग्याउने माओवादी केन्द्रको तयारी छ ।