माओवादीको खुला र क्लस्टरतर्फ केन्द्रीय सदस्यको विवरण सार्वजनिक - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

माओवादीको खुला र क्लस्टरतर्फ केन्द्रीय सदस्यको विवरण सार्वजनिक



काठमाडौं- नेकपा (माओवादी केन्द्र)को खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचनसम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको संख्या सार्वजनिक भएको हो।

खुलातर्फ १४५ जना निर्वाचित हुने छन्।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ। दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ।

माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ।

यस्तो छ समानुपातिक निर्वाचन हुने क्लस्टरको संरचनाः
क) खस आर्यतर्फ -४५ जना
अ) पुरुष- १२ जना
आ) पुरुष युवा – ३ जना
इ) महिला- २४ जना
ई) महिला युवा – ६ जना

ख) दलिततर्फ : २२ जना
अ) पुरुष -६ जना
आ) पुरुष युवा -१ जना
इ) महिला- १२ जना
ई) महिला युवा – ३ जना

ग) मुस्लिमतर्फ -७ जना
अ) पुरुष-१ जना
आ) पुरुष युवा-१ जना
इ) महिला- ४ जना
ई) महिला युवा – १ जना

घ) मधेसीतर्फ – २३ जना
आ) पुरुष-६ जना
आ) पुरुष युवा -१ जना
इ) महिला-१३ जना
ई) महिला युवा – ३ जना

ङ) आदिवासी जनजातितर्फ -४३ जना
अ) पुरुष- ११ जना
आ) पुरुष युवा – ३ जना
इ) महिला- २३ जना
ई) महिला युवा – ६ जना

च) थारुतर्फ -१० जना
अ) पुरुष- २ जना
आ) पुरुष युवा -१ जना
इ) महिला-६ जना
ई) महिला युवा – १ जना

छ) अपांगतातर्फ -२ जना
अ) पुरुष- १ जना
आ) महिला-१ जना

ज) पिछडिएको क्षेत्रतर्फ -२ जना
अ) पुरुष- १ जना
आ) महिला- १ जना