एमाले लोकप्रिय बनेपछि घेराबन्दी गरियो : शंकर पोखरेल - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

एमाले लोकप्रिय बनेपछि घेराबन्दी गरियो : शंकर पोखरेल



बाँके । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् ।

एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे । “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।