प्रचण्ड खुमलटार छोडेर गाउँमा गएर बस्ने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्ड खुमलटार छोडेर गाउँमा गएर बस्ने



काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू अहिले बसिरहेको डेराबाट छिटै सर्ने बताएका छन् ।

माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रतिनिधिहरुले प्रश्न उठाएपछि त्यसबारे जवाफ दिँदै दाहालले अहिले बसिरहेको खुमलटार निवास छिटै छोड्ने बताएका हुन् ।

‘खुमलटार छोडेर गाउँ जानेकी भनेर सोचिरहेको छु । निर्णय नै त गरिसकेको छैन । निकै आलोचना भयो,’ उनले भने, ‘म कार्यकर्ताको भावनाको सम्मान गरेर डेरा सर्ने सोँच बनाएको हुँ ।’

कार्यकर्तालाई साधारण जीवन बिताउनुपर्छ भनेर दाहालको बसाइ, रहनसहनलाई लिएर कार्यकर्ताले आलोचना गरेपछि दाहालले आज यस्तो बताएका हुन् । दाहाल अहिले खुमलटारस्थित ठेकेदार सारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् ।