माओवादी कार्यकर्ताले फेसबुकमा ‘रीप’ लेखे कारवाही हुने, अनिवार्य हार्दिक श्रद्धान्जली लेख्नुपर्ने
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले कसैको मृत्युमा सामाजिक सञ्जालमा आरआइपी (रीप) लेख्न नपाउने भएका छन् ।
रीप (रेस्ट इन पीस) क्रिश्चियन शब्द भएकाले त्यसो लेख्न नपाइने नियम बनाइएको अनुशासन आयोगका अध्यक्ष टंक राईले बताए ।
त्यसको साट्टो हार्दिक श्रद्धान्जली लेख्नुपर्ने राईको भनाइ छ ।
त्यस्तै माओवादी नेता तथा कार्यकर्ताले पुराण लगाउन पनि नपाइने राईले बताएका छन् । ‘कम्युनिस्ट पार्टीका सदस्यले सप्ताह पुराण लगाउनु पनि कारवाहीको विषय हुन्छ,’ राईले भने ।