ओली भन्छन्: म बंगाली नवाव जस्तै भएको छु - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

ओली भन्छन्: म बंगाली नवाव जस्तै भएको छु



काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।

अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले, पार्टी विभाजन गरेकाले आफ्नो सरकार ढलेको स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आरोप लगाए ।

बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको उनको भनाइ थियो ।

आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे । देशमा तीव्र विकास भइरहेकोमा त्यो देख्न नसकेरै विभिन्न शक्तिकेन्द्रले एमाले नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो ।