माओवादीको सम्पत्ति ६६ करोड, ऋण कति ?
माओवादी केन्द्रको लेखा आयोगले आफ्नो प्रतिवेदनमा ६६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको जानकारी दिएको छ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलिरहेको आठौँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै लेखा आयोगले माओवादी केन्द्रको स्थीर र चल सम्पत्तिबारे प्रतिवेदन तयार पारेको हो ।
लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ भने दायीत्व १ लाख ६६ हजार रहेको छ ।
पार्टीले गतवर्ष ५४ लाख आम्दानी गरेको थियो । त्यस्तै यो वर्ष माओवादी केन्द्रले ६९ लाख आम्दानी गरेको छ ।
माओवादीको वार्षिक ८ लाख ८७ हजार ऋण रहेको प्रतिवेदनमा बताइएको छ ।