दलहरूबीचको एकता नै अहिलेको आवश्यकता हो : नेता शाही - Himal Post Himal Post
  • ६ असार २०८३, शनिबार
  •      Sat Jun 20 2026
Logo

दलहरूबीचको एकता नै अहिलेको आवश्यकता हो : नेता शाही



काठमाडौं- नेपाली कांग्रेस युवा नेता पुष्पकुमार शाहीले बिपीको सपना पुरा गर्न सबै उद्दत हुनुपर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शाहीले बिपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई वर्तमान राजनीतिज्ञहरूले अवलम्बन गर्नुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाहीले मेलमिलाप र एकताले मात्र मुलुकमा समृद्धि हालिस गर्न सकिने बताएका छन्। ‘हाम्रा बिचार फरक-फरक होलान। तर, गन्तव्य एउटै हो। सबैको चाहना भनेको मुलुकको समृद्धि नै हो। त्यो राजनीतिक दलहरूबीचको एकताले मात्रै सम्भव छ,’ उनले भने।

उनले राष्ट्रिय हितका सवालमा सबै दलहरू एकै ठाउँमा आउनुपर्ने धारणा राखेका थिए। अहिले नेताहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्नुपर्ने बेला रहेको बताएका छन्।

दलगत स्वार्थमा लाग्दा कसैको हित नहुने भएकाले सबैले राष्ट्रिय स्वार्थमा होस्टेमा हैसे गर्नुपर्ने उनले बताए। त्यसो गर्न नसके लोकतन्त्र, संविधान र धर्म निरपेक्षता जस्ता उपलब्धि गुम्ने खतरा रहेको बताएका छन्।