नेकपा (एस) र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता घोषणा - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

नेकपा (एस) र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता घोषणा



काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद्, नेपालबीच पार्टी एकता घोषणा हुने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले पछिल्लो समय विचार मिल्ने पार्टीहरू सँग एकता गरिरहेको छ ।

आज शुक्रबार दिउँसो साढे १२ बजे होटल अर्याल नयाँबानेश्वरमा पार्टी एकता घोषणा कार्यक्रम हुँदैछ । पुस १३ गते समाजवादी र नेकपा (जनवादी)बीच पार्टी एकता भएको थियो ।

जनवादीसँग एकता गरेको एक साता नबित्दै अर्को पार्टीसँग समाजवादीले एकता गर्न लागेको हो ।साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए ।

आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् ।