खेलकुदमय सन्धिखर्क - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

खेलकुदमय सन्धिखर्क



पुष्पा गैरे \बैशाख २६ अर्घाखाँची

 

आठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सदमुकाम सन्धिखर्कमा सुरु भएको छ। स्थानीय तहको चुनावको कारणले रोकिएको उक्त प्रतियोगिता चुनाव सरेको कारण संचालन गरिएको हो।

सन्धिखर्क स्थित टुडिखेलमा बाजागाजाको तामझाम सहित जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोलाले ओलम्पिक ज्योति प्रज्वलन गरि उक्त कार्यक्रमको उदघाटन गरेको कार्यक्रम जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष सिद्दी प्र भुसाल को अध्यक्षता जिल्ला न्यायाधीश केसब प्र बास्तोलाको प्रमुख आतिथ्य , शोभाखर पन्थिको सन्चालन र ज्ञानेन्द्र घिमिरेको स्वागत मन्तव्यमा सम्पन्न भएको उक्त कार्यक्रमा प्र. जि. अ. डिल्लिराज पोख्रेल स्थानीय बिकास अधिकारी प्रदिप पौडेल लागायत जिल्लामा रहेका सम्पूर्ण कार्यलयका प्रमुख जिल्ला स्थित विभिन्न दलका प्रमुख पत्रकार हरुले उपस्थित भएर शुभकामना मन्तव्य दिएका थिए।

उक्त खेलकुदमा जिल्ला भरका करिब ७० विद्यालयको सहभागीता रहनेछ भने भलिबल कबड्डी एथलेटिक्स गरि विभिन्न खेलकुदहरु संचालन हुनेछन भने यो कार्यक्रम ३ दिन सम्म सन्चालन हुनेछ।