भारतले नेपालको भूमि फेरि नक्सामा राख्दा पनि सरकार मौन, रावलले उठाए प्रश्न - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

भारतले नेपालको भूमि फेरि नक्सामा राख्दा पनि सरकार मौन, रावलले उठाए प्रश्न



काठमाडौं : नेकपा एमाले नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? किन मौन भन्दै प्रश्न गरेका हुन्।

उनले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप लगाएका छन्। उनले भने,’ गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो।’