चिसो बढेपछि एक साता विद्यालय बन्द - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

चिसो बढेपछि एक साता विद्यालय बन्द



काठमाडौं- चिसो बढेसँगै खोटाङको जन्तेढुंगा गाउँपालिकाले एक साता विद्यालय बन्द गरेको छ।

चिसो बढेपछि गाउँपालिकाले १५ पुसदेखि २३ पुससम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

गाउँपालिका अध्यक्ष शंकरबहादुर राईले यसलाई हिउँदे बिदामा कटौती गरिने जानकारी दिए। 

जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन्। 

बुधबार बिहानदेखि खोटाङमा वर्षा र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ। 

हिमपातका कारण टेम्के, चखेवा भञ्ज्याङ, मैयुँ, लौरे, मेरुङ, बहानेपोखरी, रावाधाप, वाप्लुखाको मूलडाँडा लगायत स्थान सेताम्मे भएका छन्।