तनावपछि सिरहामा प्रशासनद्वारा निषेधाज्ञा जारी - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

तनावपछि सिरहामा प्रशासनद्वारा निषेधाज्ञा जारी



जनकपुरधाम – जनमत पार्टीको हडतालपछि स्थानीय प्रशासनले सिरहामा निषेधाज्ञा लगाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनमत पार्टीले केही दिनदेखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मंगलबार र बुधबार जिल्लामा निषेधाज्ञा लगाएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कवारीले भोलि र पर्सि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाएको जानकारी दिए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९२० र ९३० बमोजिम कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी जिल्लामा निषेधाज्ञा जारी गरेका छन्।

यस अवधिमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा भने यातायात सुचारु रहने जनाइएको छ ।
स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्नेसमेत जनाएको छ।

स्थानीय प्रशासनले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्व–पश्चिम आसपास क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ।