डेरावालसँग बढी शुल्क लिने घरबेटीको प्राधिकरणले लाइन काट्ने - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

डेरावालसँग बढी शुल्क लिने घरबेटीको प्राधिकरणले लाइन काट्ने



काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ।

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काटिने उल्लेख छ।

विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन्।

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेको छ।

काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन्। जबकि प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ।