प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप, कैयौँ सवारीसाधन तोडफोड - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप, कैयौँ सवारीसाधन तोडफोड



काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग बन्द गरेको छ । किसान पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताले राजमार्ग बन्द गर्नुका साथै आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् ।

सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो ।

बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए ।

सवारीसाधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जसका कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।