प्रचण्डले गरे बाबुरामलाई माओवादीको अध्यक्ष बनाउने कुरा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

प्रचण्डले गरे बाबुरामलाई माओवादीको अध्यक्ष बनाउने कुरा



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा बाबुराम भट्टराईलाई माओवादीको अध्यक्ष बनाउन आफूले प्रयास गरेको बताएका छन्।

शनिबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले पार्टी राम्ररी चल्छ भने किन नगर्ने भनेर त्यस्तो पहल गरेको बताए। तर, स्थिति परिपक्‍व भएको रहेनछ भन्ने लागेको उनको भनाइ थियो।

डा भट्टराई तत्कालीन एकीकृत (नेकपा माओवादी)बाट २०७२ सालमा अलग्गिएका थिए। माओवादीबाट बाहिरिनुअघि उनले माओवादीमा व्यापक सुधारको खाँचो रहेको बहस छेडेका थिए। तर, प्रचण्डपक्ष त्यसमा सहमत नभएपछि उनी नयाँ शक्ति निर्माणका लागि अलग्गिएका थिए।

माओवादीको नेतृत्व परिवर्तनको सन्दर्भमा प्रचण्डले अहिले पनि आफू नै अध्यक्ष भइरहनुपर्ने नभएको बताए। ‘मुलुकको जे अवस्था छ, यो अवस्थामा हामीलाई जस्तो विचार र नेतृत्व चाहिन्छ, त्यो अनुसार मैले केही वर्ष भूमिका खेल्नुपर्छ भन्ने मेरो पनि भनाइ हो, हाम्रो पार्टीको नेतृत्व तहमा रहेका साथीहरूको पनि भनाइ हो,’ उनले भने।

नेतृत्व परिवर्तनको सन्दर्भमा प्रचण्डले फरक-फरक अभिव्यक्ति दिँदै आएका छन्। उनले पार्टी नेतृत्व हस्तान्तरण गरेर संस्मरण लेख्न मन लागेको पनि बताउने गरेका छन्।