अनिश्चितकालका लागि स्थानीय तहमा सरुवाको कामकाज रोक्का - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

अनिश्चितकालका लागि स्थानीय तहमा सरुवाको कामकाज रोक्का



काठमाडौं- स्थानीय तहको सरुवा अनिश्चित कालका लागि रोकिएको छ । सरकारले दुई सय ३२ जना कर्मचारीको अन्तर स्थानीय तह सरुवा गरेसँगै अन्तर स्थानीय तहबीचको सरुवाको कामकाज स्थगित गरेको हो ।

मन्त्रीपरिषदको निर्णय अनुसार सरुवाको कामकाज रोक्का गरिएको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि सरुवा रोकेको बताएको छ ।

मन्त्रीस्तरीय निर्णयानुसार लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभए सम्मको लागि स्थगित गरिएको एक अधिकारीले जानकारी दिए।

मंगलबारसम्म मन्त्रालयमा प्राप्त निवेदनको आधारमा कामकाजमा खटाउने काम सकेर मन्त्रालयको वेवसाइटमामा राखि सकिएको बताइएको छ ।