रविन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले अदालतमा मुद्दा हाल्ने - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

रविन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले अदालतमा मुद्दा हाल्ने



काठमाडौं–विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूमाथि भएको कारबाहीविरुद्ध अदालत जाने चेतावनी दिएका छन्।

पार्टीको रविन्द्र मिश्र समूहले आफूलाई निस्कासन गरेपछि प्रतिक्रिया दिँदै पाण्डेले न्याय खोज्न अदालत जाने बताएका हुन्।

‘कानुनी रुपमा हाम्रो मुद्दा निर्वाचन आयोगले हेर्दैछ। मलाई विश्वास छ निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्तावेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ,’ उनले भनेका छन्।

पाण्डेले पार्टीभित्रको मतभिन्नतालाई वैचारिक संघर्षमार्फत् व्यवस्थित गर्नुको साटो पार्टीबाट निस्कासन गरेको भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्ति पूर्णतस् अस्वीकार गर्दै अवैधानिक बाटो हिँडेका व्यक्तिबाट प्रकाशित विज्ञप्तिको भ्रममा नपर्न अनुरोध गरेका छन्।

‘गणतन्त्र जोगाउँ, मुलुकको संविधान जोगाउँ, पार्टीको विधान मानौँ, धर्मको नाउँमा राजनीति नगरौँ भन्दा पार्टी संयोजकलाई सदस्यबाट समेत हटाउने अवैधानिक, अलोकतान्त्रिक र अनैतिक कदमको पार्टी भित्र र बाहिरबाट समेत निन्दा र भर्त्सना गर्न आव्हान गर्दछु,’ उनले भनेका छन्।

पाण्डेले मंगलबार बिहानमात्र २०१ सदस्यीय विवेकशील साझा पार्टी सुदृढिकरण अभियान केन्द्रीय समिति घोषणा गरेका थिए। यो कुनै समानान्तर समिति नभई पार्टी निर्माणको मुल कार्यक्रम रहेको र मंसिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्मसहितको विवेकशील साझा पार्टीको निरन्तरता भएको बताएका छन्।