मिलनले मिश्रलाई भने: 'सरी ब्रो, तानाशाहीको पतन निश्चित छ' - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मिलनले मिश्रलाई भने: ‘सरी ब्रो, तानाशाहीको पतन निश्चित छ’



काठमाडौं । मंगलबार विवेकशील साझा पार्टीबाट अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि संयोजक मिलन पाण्डेले उक्त कदमलाई तानाशाहीको कदम भनेका छन् ।

पार्टीबाट निष्कासनमा परेपछि संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई ‘तानाशाही’को संज्ञा दिँदै पतन निश्चत भएको बताए ।

ट्विटमार्फत उनले भनेका छन्, ‘त्यो पुस १, त्यो पुस ५, अनि, आज पुस ६..। यी दिन लूटतन्त्रका बिम्ब हुन्। तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ती सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन।
सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।’

मंगलबार संयोजक पाण्डेले अलग्गै केन्द्रीय समिति घोषणा गरेपछि अध्यक्ष मिश्रले उनलाई कारबाही गरेका थिए । उनले विज्ञप्ति जारी गर्दै समितिको नाम ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ नाम दिएका थिए ।

यस्तो छ मिलनको ट्वीट

त्यो पुस १
त्यो पुस ५
अनि, आज पुस ६…

यी दिन लूटतन्त्रका बिम्ब हुन्। तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ती सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन।

सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।