खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी: आरजुभन्दा डिला र पुष्पा अगाडी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी: आरजुभन्दा डिला र पुष्पा अगाडी



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस विधानअनुसार खुल्ला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् ।

यसतर्फ प्रारम्भिक मतगणना डा.डिला संग्रौलाले अग्रता हासिल गरेकी छिन् । पहिलो ७ सय मत गन्दा डिलाले ४ सय १८ मत ल्याएकी छिन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेस सचेतक पुष्पा भूसाल रहेकी छिन् । उनले ४ सय मत प्राप्त गरेकी छिन् ।

तेस्रो स्थानमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा रहेकी छिन् । उनले ३ सय ५६ मत ल्याएकी छिन् । ईश्वरी न्यौपाने ३ सय २४ मतसहित चौथो, अम्बिका बस्नेत ३ सय २२ मतसहित पाँचौ र सरिता प्रसाइँ ३ सय २० मतसहित छैटौ स्थानमा छन् ।

सातौ स्थानमा रहेकी अनिता देवकोटाले २ सय ७६ मत ल्याउँदौ सातौ स्थानकी रमा कोइरालाको २ सय ७३ मत आएको छ । नवौ स्थानमा सुशिला ढकाल २ सय ६४ मत तथा दशौं स्थानमा उमा दाहाल २ सय ६३ मतसहित प्रतिस्पर्धामा रहेका छन् । आज रातभरीमा खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना सकिने निर्वाचन समितिले जनाएको छ ।