माओवादीले पहिलोपटक चुनावबाट नेतृत्व छान्ने - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

माओवादीले पहिलोपटक चुनावबाट नेतृत्व छान्ने



काठमाडौं- बागमती प्रदेशको अध्यक्ष चयन गर्न नेकपा (माओवादी केन्द्र)ले चुनाव गर्ने भएको छ। नेतृत्व चयनका लागि पटक पटक गरिएका छलफलमा कुनै सहमति नजुटेपछि चुनावमार्फत नेतृत्व चयन गर्न लागिएको हो।

भोलि सोमबार निर्वाचन राखिएको उम्मेदवार सरल सहयात्रीले जानकारी दिए।

आइतबार नेतृत्व टुंगो लगाउन दिनभर र रातिसम्म छलफल भएको थियो तर कुनै सहमति नभएपछि चुनाव गर्न लागिएको हो।

माओवादी केन्द्रको पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो।

वागमती प्रदेशमा सरल सहयात्री, विशाल खड्का, दिनानाथ गौतम लगायत अध्यक्षका आकांक्षी छन्।

माओवादी केन्द्रको मंसिर २५ र २६ गते प्रदेश अधिवेशन भएको थियो।

माओवादीको गण्डकी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयन भएका छन् भने अन्य प्रदेशमा विवादका कारण नेतृत्व चयन हुन सकेको छैन।