प्रमुख दलका शीर्ष नेताको बैठकमा गगन थापालाई पनि बोलाइयो - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रमुख दलका शीर्ष नेताको बैठकमा गगन थापालाई पनि बोलाइयो



काठमाडौं- प्रमुख दलका शीर्ष नेताको बैठकमा पहिलोपटक कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा उनी उपस्थित भएका हुन् ।

प्रमुख दलका शिर्ष नेताहरू बसिरहेको ठाउँमा उनलाई पनि बोलाइएको थियो । कांग्रेसको महामन्त्रीमा निर्वाचिर भएपछि उनलाई शिर्ष नेताहरूको बैठकमा बोलाइएको बताइएको छ ।

एमसीसी पारित, संसद्को गतिरोध हटाउने विषयमा बोलाइएको सर्वदलीय बैठकमा पहिलोपटक थापा पनि सहभागी भएका हुन् । यसअघि सर्वदलीय बैठकमा उनी उपस्थित भएका थिएनन् ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार उनलाई प्रधानमन्त्री आफैले फोन गरेर बैठकमा बोलाएका थिए । उनलाई शिर्ष नेताहरूको बैठकमा बोलाइएपछि कांग्रेसभित्र तरङ्ग पैदा भएको छ ।