यस्तो छ कांग्रेस खुला केन्द्रीय सदस्यको पछिल्लो मत परिणाम
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि गत सोमबार सम्पन्न निर्वाचनअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा केन्द्रीय सदस्य पदतर्फको मतगणना जारी छ।
खुलातर्फका ३५ केन्द्रीय सदस्यको टुंगो लगाउन शनिबार सुरु मतगणना राति अबेर रोकेर आज (आइतबार) बिहानबाट पुनः जारी राखिएको हो।
यसअघि सभापतिदेखि सहमहामन्त्रीसम्म १३ पदाधिकारीसहित प्रदेश २ बाट ३ र पिछडिएको क्षेत्रबाट १ जना केन्द्रीय सदस्य चयन भइसकेका छन्।
त्यसयता जारी खुला केन्द्रीय सदस्यतर्फको मतगणना दोस्रो दिन आज बिहान पौने ११ बजे थालिएको हो।
खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा छन्। जसमध्ये ३५ जना विजयी हुनेछन्।
शनिबार रातिसम्म २ हजार ३ सय ९३ मत गनिसक्दा डा. शशांक कोइराला १ हजार ९ सय ७१ मतका साथ सबैभन्दा अगाडि छन्।
उनलाई एनपी साउदले पच्छ्याइरहेका छन्। रातिसम्मको नतिजाअनुसार साउदले १ हजार ५ सय ३८ मत पाएका छन्।
उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले १५०७ मत ल्याएका छन्। देउवानिकट अर्का नेता रमेश लेखकले १४५१ मत ल्याएका छन्।
खाँण पनि देउवा प्यानलबाट महामन्त्रीका दाबेदार थिए। तर कृष्णप्रसाद सिटौलासँगको तालमेलले साउद र खाँणहरु पछि हट्नुपरेको थियो।
सञ्चारमन्त्रीसमेत रहेका देउवानिकट अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले १४२३ मत ल्याएका छन्।
अर्कातिर नेता शंकर भण्डारीले पनि १४३७ मत ल्याएका छन्। यस्तै रामहरि खतिवडाले पनि १३९५ ल्याएका छन्।
उदय शमशेर जबराले १४४५ र अर्जुननरसिंह केसीले पनि १३८३ मत ल्याएका छन्।
शनिबार रातिसम्मकाे नतिजा (टप ४५ सम्म)
१) अजयबाबु शिवाकोटी- ९०९
२) अर्जुननरसिंह केसी- १३८३
३) उदय शमशेर राणा -१४४५
४) एनपी साउद-१५३८
५) उमेशजंग रायमाझी-८९१
६) कुन्दनराज काफ्ले-११४३
७) कृष्णकिशोर घिमिरे-९२९
८) केदार कार्की-८१९
९) गंगाधर तिवारी-७६२
१०) गणेश लामा-८८८
११) गुरु बराल-१०३६
१२) गोपालमान श्रेष्ठ -१३२३
१३) गोपाल दहित-९३१
१४) गोविन्द भट्टराई-१२७७
१५) गोविन्द राज पोखरेल-९६२
१६) जीतजङ्ग बस्नेत-१२८३
१७) जिप छिरिङ्ग लामा-१३१२
१८) दिनेश कोइराला -९२५
१९) दीपक गिरी-११७४
२०) दिलेन्द्र प्रसाद बडू-१२३१
२१) नैनसिंह महर-१२८३
२२) पद्मनारायण चौधरी-११३७
२३) बल बहादुर केसी-१२३३
२४) बालकृष्ण खाँण-१५०७
२५) मंगलप्रसाद थारु- ८७१
२६) मदनबहादुर अमात्य- ९०८
२७) मनोजमणि आचार्य-८५४
२८) ई. मोहन आचार्य-९१३
२९) मोहनबहादुर बस्नेत-१२०२
३०) यज्ञबहादुर थापा-८००
३१) रमेश लेखक-१४५१
३२) डा.रामशरण महत-१२८१
३३) राजीव ढुंगाना-९३५
३४) रामहरि खतिवडा-१३९५
३५) वीरेन्द्रकुमार कनौडिया-९१९
३६) शंकर भण्डारी-१४३७
३७) शम्भुलाल श्रेष्ठ-७९१
३८) सञ्जयकुमार गौतम-१००१
३९) सुनिलबहादुर थापा-१२४६
४०) डा.शशांक कोइराला-१९७१
४१) सुरेन्द्रराज पाण्डे-११५१
४२ हरिप्रसाद नेपाल-७८७
४३) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
४४) जनकराज गिरी-७४४
४५) तीर्थराज खनियाँ-७८०