पर्यटन बोर्डको सीईओ धनन्जय रेग्मी निलम्बित - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

पर्यटन बोर्डको सीईओ धनन्जय रेग्मी निलम्बित



काठमाडौं । नेपाल पर्यटन बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । पदीय हैसियतको दुरूपयोग, नैतिक आँचरण विपरीत काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ ।


सीईओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चार माध्यममा छाएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । रासस